नेभिगेशन
समाज

३१९ किलो चरेशसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तान रहेका छन् । प्रहरीका अनुसार बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध लोड गरिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो ।

Ncell
Extreme Energy

विभिन्न स्थानमा खोजतलास गर्दा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकको सडकखण्डमा ट्रक रोकी राखेको अवस्थामा फेला पारिएको थियो । ट्रकको पछाडिको भागमा खोजतलास गर्दा सेतो प्लास्टिकको बोरामा लुकाइ छिपाइ राखिएको अवस्थामा १३ पोका चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । 

बरामद चरेशको कुल तौल ३ सय १९ केजी रहेको छ । साथै चालकले लगाएको हाफ पाइन्टको खल्तीमा नगद रू १,९२,००० फेला परेको प्रहरीले जनाएको छ । ट्रक चालकले आफूले धादिङबाट लोड गरी भारत पुर्याउन लागुऔषध चरेश ल्याएको प्रतिक्रिया दिएको पर्सा प्रहरीले जनाएको छ ।

ट्रक, नगद र चालकसहित प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जानाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...