नेभिगेशन
समाज

३१९ किलो चरेशसहित एकजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तान रहेका छन् । प्रहरीका अनुसार बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध लोड गरिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो ।

CG

विभिन्न स्थानमा खोजतलास गर्दा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकको सडकखण्डमा ट्रक रोकी राखेको अवस्थामा फेला पारिएको थियो । ट्रकको पछाडिको भागमा खोजतलास गर्दा सेतो प्लास्टिकको बोरामा लुकाइ छिपाइ राखिएको अवस्थामा १३ पोका चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । 

बरामद चरेशको कुल तौल ३ सय १९ केजी रहेको छ । साथै चालकले लगाएको हाफ पाइन्टको खल्तीमा नगद रू १,९२,००० फेला परेको प्रहरीले जनाएको छ । ट्रक चालकले आफूले धादिङबाट लोड गरी भारत पुर्याउन लागुऔषध चरेश ल्याएको प्रतिक्रिया दिएको पर्सा प्रहरीले जनाएको छ ।

ट्रक, नगद र चालकसहित प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जानाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो