नेभिगेशन
मुख्य समाचार

नुवाकोटमा घरमा बाढी पसेपछि बेपत्ता भएकी महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौँ । नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखा बलम्बुबाट दुईवटा कुकुर पठाएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदाल धौवजीले दुईवटा कुकुरसहित सात जनाको टोली पठाइएको जानकारी दिए । 

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा सातजना सुरक्षाकर्मीसहित दुईवटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए । 

CG

बेपत्ता व्यक्तिको खोजी तथा उद्वारका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ । सोही ठाउँमा रहेको तीनवटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । यसैगरी, केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।