नेभिगेशन
समाज

अदालतको आदेशविरुद्ध सडकमा चिकित्सक, आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौँ । उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् । आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु फर्कन बाध्य भएका छन् ।

Ncell
Extreme Energy

चिकित्सकीय अभ्यास सम्बन्धि मुद्दामा उपभोक्ता अदालतले गरेको फैसालाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरुको भनाइ छ । बिभिन्न अस्पतालबिरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्धामा कारण देखाउ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 

चिकित्सकको आन्दोलनका कारण आकस्मीक बाहेकका सवै सेवा बन्द भएको वीर अस्पतालका उपसचिव सिताराम खड्काले जानकारी दिए । 

आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा नै बुझाउने संघले जनाएको छ । आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगाएत समेत ऐक्यवद्धता जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनमहिने डेङ्गु सचेतना अभियान सुरु

तीनमहिने डेङ्गु सचेतना अभियान सुरु

साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा बासस्थान...
मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि ,  ३९ लाख क्षतिपूर्ति भराउन आदेश

मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि , ३९ लाख क्षतिपूर्ति भराउन आदेश

प्री-एक्लेम्पसिया भएका बिरामीलाई शल्यक्रिया पूर्व दिनु पर्ने औषधी नदिइएको, आफैले नियमित परीक्षण गरिरहेको बिरामीको स्वास्थ्य जटिलताबारे पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका विषयमा अस्पताल र चिकित्सकको लापरवाही पुष्टि...
२३ स्वास्थ्यकर्मी सम्पर्कविहीन, सरकारले भन्यो– १५ दिनभित्र हाजिर हुनू

२३ स्वास्थ्यकर्मी सम्पर्कविहीन, सरकारले भन्यो– १५ दिनभित्र हाजिर हुनू

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पर्कविहीन स्वास्थ्यकर्मीलाई १५ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।
आजबाट नागरिक एपमार्फत देशभरको रगतको मौज्दात हेर्न सकिने

आजबाट नागरिक एपमार्फत देशभरको रगतको मौज्दात हेर्न सकिने

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।

भर्खरै