नेभिगेशन
समाज

नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार शुरु

काठमाडौँ । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो । साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ । दुवै सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार शुभारम्भ गरे ।

Ncell
Extreme Energy

नसर्ने रोगहरुविरुद्ध निरोधात्मक अभियान घोषणा गरेका मन्त्री पौडेलले मधेशका महिलाहरुको स्वास्थ्य रक्षाका लागि समयमै सुपथ मूल्यमा परीक्षण हुने गरी व्यवस्था मिलाएको बताए । मन्त्रालयको सहयोगमा अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ । अस्पतालमा लामो समयदेखि सञ्चालन हुन नसकेको क्याथ ल्याब सेवा पनि सञ्चालनमा ल्याउने तयारी छ ।

‘मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो’, स्वास्थ्यमन्त्री पौडेलले भने, भने, ‘थपिएका सेवाले यहाँका दिदीबहिनीहरुलाई धेरै पैसा खर्च गरेर देशबाहिर जानुपर्ने समस्या हट्ने आशा लिएको छु ।’ 

मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरु विस्तारमा प्राथमिकताका साथ का मगर्ने बताए ।

हाल मधेशका महिलाहरुले दुवै सेवाका लागि काठमाडौँ तथा भारतसम्म जानु पर्ने समस्या रहेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...