नेभिगेशन
मुख्य समाचार

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, राष्ट्रियसभामा अल्पमतमा सरकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरे हो । 

जसपाको केन्द्रीय कार्यकारिणी समितिले एक महिना अघिनै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो । जसपाले समर्थन फिर्ता लिएसँगै राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ । 

CG

समर्थन फिर्ता लिँदै जसपा नेपालले प्रस्तुत गरेका ११ कारण यस्ता छन् :  

१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु । 

४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।

६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।

आदि कारणले के.पी. शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त बिपक्षमा बस्ने निर्णय गरियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ–कुलमान घिसिङ

उनले करिब ७÷८ महिना सरकारसँग झगडा भएको उल्लेख गर्दै ४ महिनाको कार्यकार बाँकी हुँदा नै निस्कनुपरेको उल्लेख गरे । सोही झगडाको कारण उपहारमा मन्त्री पद पाएको समेत उनले...
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले  पहिला ब्याटिङ गर्दैछ ।
ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल

ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतिका बिषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट...