नेभिगेशन
समाज

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकामे हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।

Ncell
Extreme Energy

सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंहले जानकारी दिए । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ ।

लम्पीस्किनको सङ्क्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको सङ्क्रमण देखा पर्न थालेको जानकारी दिए । पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ ।

“लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ”, प्रमुख डा चौधरीले भने । 

विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...
आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात...
सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी बन्दा यसवर्ष दसैँमा सवारी दुर्घटनामा कमी

सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी बन्दा यसवर्ष दसैँमा सवारी दुर्घटनामा कमी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको...