नेभिगेशन
समाज

स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली

गोरखा । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पँगेनीले जानकारी दिए । 

Marvel
Extreme Energy

उद्यानमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गहृ मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरुको मात्र नामावली राखिएको उनले बताए । इन्जिनियर पँगेनीले भने, “गृह मन्त्रालयमा धेरै पटक पत्राचार भयो, गोरखाबाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आएको हुनाले, अब अरू जिल्लाका मृतकको नामावली स्मृति उद्यानमा नराख्ने निश्चित भएको छ ।”

गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको काममा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी उद्यान निर्माणको काम अगाडि बढाइएकोे थियो । सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ । 

त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनी स्वच्छन्द/होम निर्माण जेभीका भोला मरहट्ठाले जानकारी दिए । 
स्मृति उद्यानभित्र क्यान्टिन पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल पनि निर्माण भएको उहाँले बताए । आयोजना कार्यान्वयन एकाइले रु १३ करोड छ लाख ३४ हजारमा स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसंँग ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक...
रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानकाे नयाँ तीज गीत 'तीजको लहर' सार्वजनिक भएको छ ।
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...