नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक झिनो अङ्कले घट्यो, १९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ । 

सोमबारको कारोबार रकममा भने उत्साह देखिएको छ । विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ ।

सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९, सान्भी इनर्जी लिमिटेडको नौ दशमलव ९२, ट्रेड टावर लिमिटेडको नौ दशमलव ५३ प्रतिशतले बढेको छ । साथै बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ४९, लक्ष्मी उन्नती कोषको सात दशमलव ५२ र ग्रीन भेञ्चर लिमिटेडको पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाईले खोलेको 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

दुर्गा प्रसाईले खोलेको 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

प्रसाई संरक्षक रहने गरी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानलाई नै पार्टीकारुपमा दर्ता गरिएको छ । अहिले दुर्गा प्रसाईका सहयोगी माधव खतिवडा कल्पितको नेतृत्वमा नागरिक बचाउ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।
रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् । गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको...