नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर दुई हजार आठ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव १८ प्रतिशतको गिरावट हो ।

आइतबार ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा रू १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह तीन दशमलव शून्य पाँच, बैंकिङ दुई दशमलव २७, लगानी दुई दशमलव १९, जीवन बिमा दुई दशमलव १६ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४३ प्रतिशतले घटेको छ । 

विकास बैंक एक दशमलव ६६, वित्त एक दशमलव ६६, होटल तथा पर्यटन एक दशमलव १७, जलविद्युत् एक दशमलव ३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा एक दशमलव ७३ र व्यापार एक दशमलव ४३ प्रतिशतले घटेको छ । आइतबारको कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ३९ लाख ६४ हजार ८६५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सनराईज ब्लुचिप फण्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै