नेभिगेशन
समाज

मोडल भण्डारीको प्लास्टिक सर्जरीमा लापरबाही भएको अदालतको ठहर, ग्राण्डी सिटी अस्पताल र डाक्टरलाई ५७ लाख क्षतिपूर्ति भराउन आदेश

काठमाडौँ । जाँघको आकार मिलाउने प्लास्टिक सर्जरीमा हेलचेक्र्याइँ गरेको भन्दै काठमाडौँको एक अस्पताल र त्यहाँका चिकित्सकबाट पीडितलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला उपभोक्ता अदालतले गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार ५ गते भएको फैसला बिहीबार सार्वजनिक भएको हो । फैसला अनुसार उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल जमल र त्यहाँ कार्यरत प्लास्टिक सर्जरी गर्ने डाक्टर संजिव त्रिपाठीलाई एक महिलाको जाँघको आकार मिलाउने अप्रेशनमा लापरबाही गरेको ठहर गरेको हो । 

Extreme Energy

मोडल वर्षा भण्डारीले आफ्नो जाँघको आकार मिलाउन गरिएको अप्रेशनमा अस्पताल र चिकित्सकले हेलचेक्र्याइँ गरेको भन्दै २०८१ चैतमा ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा निवेदन दर्ता गरेकी थिइन ।

शल्यक्रिया पश्चात शरीर सुन्दर र आकर्षक हुने भ्रमपूर्ण विज्ञापन गरेर आफू अप्रेशनका लागि गएको तर अप्रेसन पश्चात गम्भिर स्वास्थ्य जटिलता देखा परेको पीडितले निवेदनमा दाबी गरेकी थिइन् । 

सोही निवेदनमाथि भएको फैसलाको पूर्णपाठ बिहीबार तयार भएको हो । उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले पीडित भण्डारीको शरीर सौन्दर्य बनाउने उक्त उपचारमा चिकित्सक र अस्पतालले लापरबाही गरेको ठहर गरेको छ ।

फैसलाअनुसार चिकित्सक डा संजिव त्रिपाठीले व्यक्तिगत रुपमा ४० लाख र ग्राण्डी सिटी अस्पतालले १७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति पीडित भण्डारीलाई भराउनु पर्ने ठहर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।