नेभिगेशन
समाज

मोडल भण्डारीको प्लास्टिक सर्जरीमा लापरबाही भएको अदालतको ठहर, ग्राण्डी सिटी अस्पताल र डाक्टरलाई ५७ लाख क्षतिपूर्ति भराउन आदेश

काठमाडौँ । जाँघको आकार मिलाउने प्लास्टिक सर्जरीमा हेलचेक्र्याइँ गरेको भन्दै काठमाडौँको एक अस्पताल र त्यहाँका चिकित्सकबाट पीडितलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला उपभोक्ता अदालतले गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार ५ गते भएको फैसला बिहीबार सार्वजनिक भएको हो । फैसला अनुसार उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल जमल र त्यहाँ कार्यरत प्लास्टिक सर्जरी गर्ने डाक्टर संजिव त्रिपाठीलाई एक महिलाको जाँघको आकार मिलाउने अप्रेशनमा लापरबाही गरेको ठहर गरेको हो । 

Ncell
Extreme Energy

मोडल वर्षा भण्डारीले आफ्नो जाँघको आकार मिलाउन गरिएको अप्रेशनमा अस्पताल र चिकित्सकले हेलचेक्र्याइँ गरेको भन्दै २०८१ चैतमा ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा निवेदन दर्ता गरेकी थिइन ।

शल्यक्रिया पश्चात शरीर सुन्दर र आकर्षक हुने भ्रमपूर्ण विज्ञापन गरेर आफू अप्रेशनका लागि गएको तर अप्रेसन पश्चात गम्भिर स्वास्थ्य जटिलता देखा परेको पीडितले निवेदनमा दाबी गरेकी थिइन् । 

सोही निवेदनमाथि भएको फैसलाको पूर्णपाठ बिहीबार तयार भएको हो । उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले पीडित भण्डारीको शरीर सौन्दर्य बनाउने उक्त उपचारमा चिकित्सक र अस्पतालले लापरबाही गरेको ठहर गरेको छ ।

फैसलाअनुसार चिकित्सक डा संजिव त्रिपाठीले व्यक्तिगत रुपमा ४० लाख र ग्राण्डी सिटी अस्पतालले १७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति पीडित भण्डारीलाई भराउनु पर्ने ठहर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।