नेभिगेशन
मुख्य समाचार

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। 

अनुमानित रु ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे। 

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्। साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल०ले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले  दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन्। सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ।

प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ। वर्षायामका लागि प्रतियुनिट चार रुपैयाँ ८० पैसा, सामान्य सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायामका लागि १० रुपैयाँ ५५ पैसामा बिक्री गर्ने गरी सम्झौता गरिएको छ। 

कूल २५ प्रतिशत लगाानी अर्थात रु १७ अर्ब ५० करोड भने प्रवद्र्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ।

परियोजनामा प्रतिमेगावाट रु २० करोड ५३ लाख लगानी हुनेछ। परियोजनाबाट वर्षायाममा १३०४।०४ गिगावाट, सामान्य सुक्खायाममा २४३।४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०।३० गिगावाट विद्युत् उत्पादन हुनेछ। 

लगानी सम्झौता समारोहमा प्रवद्र्धक कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउस निर्माणका लागि जग्गा तयार गर्ने काम सुरु हुने र चैतबाट निर्माण सुरु गर्ने जानकारी दिएको छ।

आयोजनाले २०८७ साल पुस १५ गतेदेखि विद्यत्को व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ। सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा निर्माण भइरहेको छ। 

गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध बनाएर ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका–३ तातोपानीमा पावर हाउस निर्माण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ। यो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका मुख्य ७ कुरा

नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका मुख्य ७ कुरा

छलफलमा इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तमाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, निर्घ नवीन, विजय तिमिल्सेना, खगेन्द्र संग्रौला,...
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौतीः महानिरीक्षक कार्की

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौतीः महानिरीक्षक कार्की

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव...
निर्वाचनका लागि रास्वपाले गरायो आयोगमा दल दर्ता

निर्वाचनका लागि रास्वपाले गरायो आयोगमा दल दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबार निर्वाचनमा आयोगमा पुगेर कोषाध्यक्ष लीमा अधिकारी, केन्द्रीय सदस्य गणेश पराजुलीसहितका नेताहरुले दल दर्ताका...
एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।