नेभिगेशन
समाज

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

चितवन । सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन् । यो रोगको सङ्क्रमण फेब्रुअरीदेखि देखिनै भए पनि हाल सङ्क्रमणको जोखिमको समय सुरु भएको जानकारी दिए ।
 
सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । जसमा चिवनका तीन, सिन्धुलीका दुई  र काठमाडौँका दुई जना थिए  । अहिले यो रोगको सङ्क्रमण देखिने समय भएकाले सबैलाई सजग रहन उनले आग्रह गरे । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले सङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । मानिसबाट मानिसमा यो रोग नसर्ने उनले बताए।

Ncell
Extreme Energy

यस रोगको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ ।  यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

     जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस जस्ता घरपालुवा पशुपक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।