नेभिगेशन
समाज

पियोर इनर्जीको खुदनाफा ३ करोड १९ लाख, भदौ २४ मा बोलायो साधारणसभा

काठमाडाैँ । पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ। कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ।   विद्युत बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको  नाफामा गएको देखिन्छ।

CG

हालै आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने  आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को कम्पनीको वार्षिक वित्तिय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसुचिहरु) उपर छलफल गरि पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै संचालक समिति गठनको प्रस्ताव पनि सभामा पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो...
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...