नेभिगेशन
समाज

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा । मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेरेका छन् । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याइएको छ । उनले भने, “गाउँमा हात्तीका हुल पस्छन्प । परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं ।” उनी मात्र होइन, जंगल छेउका अधिकांश गाउँमा घरको सुरक्षाका लागि यस्तै तारबार लगाएको पाइन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ ।  विद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ । हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ । “राति प्रवाह गरेको विद्युतको स्वीच अफ गर्न बिर्सदा गाउँघरमा मानिस नै दुर्घटनामा नपरेका होइनन्,” शन्तिराम भन्छन् । “हात्ती आइहाल्छ, धपाउने अरु उपाय नहुँदा किसानहरु जोखिम मोलेर भए पनि करेन्ट लगाउन बाध्य भएका हुन् ।”

Ncell
Extreme Energy

स्थानीयले तारमा करेन्ट नलगाई पोलिथिनका झोला झुण्ड्याउने उपाय पनि लगाएका छन् । तारमा सेता झोला लहरै झुण्ड्याउँदा करेन्ट लगाएको ठानेर हात्ती घर र बारीतिर नपस्ने विश्वास रहेको चिमरिया बताउनुहुन्छ । तर बुद्धिमानी मानिएको हात्तीले स्थानीयबासीको हरेक अवरोध पार गर्न जुक्ति लगाउने गरेको छ । नजिकैको सुकेको रुखको दाउरा वा काँचो हाँगो भाँचेर करेन्ट प्रवाह भएको तारलाई भुइँमा लतार्ने नयाँ जुक्ति हात्तीले लगाउँदै आएको चिमरियाले बताए । एकपटक करेन्टको झड्का लागेको स्थानमा हात्ती दोहोर्याएर नआउने हुँदा सर्वसाधारणले यही विद्युतीय असुरक्षित घेराबेराको सहारा लिदै आएका छन् ।

मेचीनगर नगरपालिका–४ की ६८ वर्षीया नरमाया कोइरालाले तीन हात्तीको हुलले घर भत्काएर भताभुङ्ग बनाएको बताए । घर भत्किएपछि हात्तीबाट असुरक्षित भएको पीडा वडाध्यक्ष अर्जुन कार्कीलाई सुनाउन उनी वडा कार्यालयसम्म पुगेका थिए । भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा डेढ दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २५  हात्ती मारिएका छन् ।

हात्ती धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर सर्वसाधारण, हात्ती र गाईबस्तु मारिने गरेका छन् । तर, विद्युतीय तारमा परेर मरेका व्यक्ति र हात्तीको यकिन तथ्यांक राखेको पाइएको छैन ।
मानव–हात्ती द्वन्द्वको विषयमा जानकार गोविन्द न्यौपानेले सुरक्षाका लागि भन्दै विद्युतीय तार बिछ्याउने कार्य एकदमै जोखिमपूर्ण रहेको बताए । यसबाट मानवीय क्षति समेत भइरहेको उनले बताए । “हात्ती प्रभावित बाहुनडाँगीमा अहिले चाहिँ यस्तो तार विछ्याउने गतिविधि हट्यो,” । उनले भने, “बिगतमा धेरै मानिस र हात्तीले घर वरिपरि बिछ्याइएको विद्युतीय तारमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका छन् ।”

झापाको जंगल छेउछाउका बासिन्दाले तार या डोरीमा प्लास्टिकका पोकापोकी राखेर हात्ती तर्साउने गरेको जनाउँदै यसबाट पनि हात्ती नियन्त्रण प्रभावकारी नभएको उनको धारणा छ ।
“करेन्ट लगाएको ठानेर हात्ती तर्सेला कि भन्ने सर्वसाधारणको भ्रम मात्र हो,” । उनले भने, “दशकौंदेखि मानिससँग संघर्ष गर्दै आएको हात्तीले कहाँ करेन्ट छ र छैन भन्ने सजिलै थाहा पाउँछ । मनको सन्तोष मात्र हो यो ।” जोखिम निम्त्याउने गरी गाउँभरि बिछ्याइएका विद्युतीय तारको बारेमा डिभिजन बन कार्यालय, जनप्रतिनिधि र संरक्षणकर्मीहरु बेखबर छैनन् । तर, हात्तीबाट जोगिने दीर्घकालीन उपाय कसैले दिन नसकेका कारण यसलाई निरुत्साहित गर्न कुनै निकायले सकेका छैनन् । “मानिसहरु आफू बाँच्न र आफ्नो धनसम्पत्ति जोगाउन जोखिम मोल्न बाध्य छन्,” न्यौपाने भन्छन्  । “यस्तो कार्यलाई निरुत्साहित गर्ने काम सरकारी निकायको हो । जनचेतना पनि जगाउन आवश्यक छ । तर, दीर्घकालीन रुपमा समाधान दिन नसक्नेहरु गाउँमा गएर घेराबारा नगर भन्नै सक्दैनन् ।” 

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले सीमा क्षेत्र र जंगल बाहिर हात्ती छेक्न सरकारले नै विद्युतीय घेराबारा गरेको जनाउँदै निजी घरमा तार बिछ्याएर घेराबारा गर्ने कार्य बारे कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...