नेभिगेशन
समाज

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

गण्डकी । साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागेका छन् । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उनले व्यवसायिक ड्रागन खेतीमा लागेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गरेका छन् ।  जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उनले बताए ।

Ncell
Extreme Energy

पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उनले भने, “राम्रो उत्पादन दिएपछि आप्mनो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा श्रोत हो । ” समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहनुभएका कृषक त्रिपाठी बताए । 

उनले भने, “२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो ।” यस वर्ष उत्पादन राम्रो भएको छ, आफुले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए । उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ । 

खरिदका लागि ग्राहक फर्मै आउनुहुन्छ आफै टिप्नु हुन्छ र तौलेर लैजानले गरेको बताउँदै त्रिपाठी भन्छन् । उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उनले बताए । उनले फर्म सुरू गर्नुभन्दा पहिलो एक हजार छसय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाए ।

“उत्पादित फल बिक्री हुँदैनकी भन्नु पर्दै ड्रागनका पारखि फर्मै आउनु हुन्छ” उनले भने, बजारको मागअनुसारको फल पुर्‍याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ । त्रिपाठीले भने, फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१। ०८२ मा चार लाख ७६ हजार ९८५ रुपैया बरावरको आर्थिक एवम् प्राविधिक सहयोग पाप्त भएको थियो ।

पक्कि पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिंउदको समयमा पर्ने असिनाबाट वोट र फल जोगाउँका लागि उनले जाली राख्ने फ्रेम समेत निर्माण गरेका छन् । फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किय वोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् । देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उनको सुझाब छ ।

जग्गा बाँझो नराखौ भन्ने अभियानमा जुटेका त्रिपाठीले ड्रागनको फल मात्र नभई विरुवासमेत बिक्री गर्दै आएका छन् । एउटा विरुवा रु २०० देखि एक हजारसम्ममा बिक्री गर्दै आएको उनले बताए । उनको फर्मबाट फुर्केटारी ड्रागन फर्मका विरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन् । विरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुँने गरेको उनी बताउछन् ।

फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उनले सरकारी सेवाबाट निभृत्तिभरण भई सकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताए । फर्ममा दैनिक दुइदेखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।

पोखरा–२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्पm आकर्षित हुँदै गएको बताए । फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उनको भनाइ छ । 

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताए ।
बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने कृषि विज्ञको धारणा छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...