नेभिगेशन
बजार

बुटवल र अनामनगरपछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौँको शंखमूलमा

काठमाडौँ । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौँको शंखमूलमा सञ्चालनमा ल्याएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । 

Ncell
Extreme Energy

विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौँवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष श्री चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए । उनले भने, “काठमाडौँका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौँ हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।’ 

उक्त उद्घाटन् समारोहमा यसोदा फुड्सका ग्लोबल सि.इ.ओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा विस्तृत जानकारी दिएका थिए । सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।

‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...
हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...