नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक ३८ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७४ अङ्कले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ । बिहिबार कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ । 

बिहिबारको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण रु ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ बराबर पुगेको छ । कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...