नेभिगेशन
समाज

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद गोमादेवी तिमिल्सिनाले नारायणघाट–काठमाडौँ सडक खण्डको सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । उनले भने, “म हिजो मात्रै नारायणघाटबाट काठमाडौँ आउँदै थिए, बाटोको हालत विजोग छ, ६ महिनाअगाडि राम्रै थियो, तर अहिले खाल्डाखुल्टी मात्रै छ, पहिला ५ घण्टामा काठमाडौँ पुगिन्थ्यो, अहिले आठ घण्टामा पनि पुग्न कठित छ, यो बाटो सुधारका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” 

Ncell
Extreme Energy

सांसद नरबहाुर विष्टले पछिल्लो समय भएको ‘भिजिट भिसा’ प्रकरणबारे सरकारसँग  जवाफ माग गरेका छन् । उनले भने, “पछिल्लो समय फेरी भिजिट भिसाको विषय उठेको छ,  यसबारेमा गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिनुपर्छ,” । सांसद भुवनबहादुर सुनारले सरकारले विद्यालय शिक्षा विधेयक गत असार १५ गतेभित्र पारित हुन्छ भने पनि अहिलेसम्म राष्ट्रियसभामा आएको छैन किन ? भन्दै सरकारसँग प्रश्न गरेका थिए । 

त्यस्तै, सांसदहरु सुरेशकुमार आले मगर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा) र राजेन्द्रलक्ष्मी गैरेले बाढी, पहिरो, महङ्गी, शान्तिसुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।