नेभिगेशन
समाज

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

काठमाडौँ । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो । 

Marvel
Extreme Energy

दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य सङ्ख्या, पछिल्लोपटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी...
कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरेर अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न प्रस्ताव गरिएको छ...
वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका पुराना र नयाँ भवन जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ ।
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा...