नेभिगेशन
समाज

लुटतन्त्र जोगाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएः अध्यक्ष महतो

विराटनगर । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभएपनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका हुन । उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका हुन ।

Ncell
Extreme Energy

महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा व्यक्त गरेका थिए । ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको उनले बताए । महतोले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अव देशलाई जोगाउन सवै एकठाँउमा आउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

त्यस्तै, अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदा पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गरेका छन् । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।