नेभिगेशन
मुख्य समाचार

लुटतन्त्र जोगाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएः अध्यक्ष महतो

विराटनगर । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभएपनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका हुन । उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका हुन ।

महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा व्यक्त गरेका थिए । ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको उनले बताए । महतोले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अव देशलाई जोगाउन सवै एकठाँउमा आउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

त्यस्तै, अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदा पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गरेका छन् । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...