नेभिगेशन
मुख्य समाचार

‘लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

कर्णाली । लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । 

आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए ।

City Express

आयोगको कार्यतालिकाअनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेस, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताए । कर्णालीमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितको सहभागिता रहने उनले बताए ।

“समाजमा अहिले पनि ठूलो सङ्ख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्मेद्वार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन” । उनले भने, “अर्कोतर्फ आयोगमा पनि भनसुन हुन्छ भन्ने बुझाइको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।”

कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकारसहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताए । पहिलोपटक सार्वजनिक रूपमा गर्न थालिएको सो कार्यक्रमबाट युवा विद्यार्थीलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाउन सकिने आयोगको अपेक्षा छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेका थिए । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’...
नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्षको उत्घाटन(तस्बिरहरु)

नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्षको उत्घाटन(तस्बिरहरु)

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उत्घाटन गरेका हुन् । नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
आन्दोलनका क्रममा ध्वस्त भएको संसद भवनको निरिक्षणमा सभामुख देवराज घिमिरे

आन्दोलनका क्रममा ध्वस्त भएको संसद भवनको निरिक्षणमा सभामुख देवराज घिमिरे

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका...