नेभिगेशन
मुख्य समाचार

रुपन्देही ३ का उम्मेदवारका लागि राप्रपाले पनि प्राइमरी इलेक्सन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि रुपन्देही ३ का लागि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) बाट उम्मेदवार छनोट गर्ने भएको छ । रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गराइने राप्रपाले जनाएको छ । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बसेको संसदीइ समितिको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार नवीन अभ्यासकारुप्मा प्रारम्भिक निर्वाचन गर्ने निर्णय गरेको हो । 
प्रारम्भिक निर्वाचनमा रुपन्देही ३ का प्रतिनिभिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभाका क्षेत्रीय कार्यसमिति, सबै पालिकाका तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले मतदान गर्ने व्यवस्था गरिएको राप्रपाले जनाएको छ । 
यस्तै रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु मतदाताका रुपमा रहनेछन् ।
रुपन्देही उपनिर्वाचन परिचालन समितिले प्रारम्भिक निर्वाचनको प्रबन्ध गर्ने राप्रपाले जाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...