नेभिगेशन
मुख्य समाचार

कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सदनमा प्रतिवाद गर्न नसकेर हाम्रा नेताहरुको ‘डिपफेक अडियो’ छरपस्ट पारियोः हरि ढकाल

सदनमा प्रतिवाद गर्न नसकेर हाम्रा नेताहरुको ‘डिपफेक अडियो’ छरपस्ट पारियोः हरि ढकाल

उनले राणा शासनको उदाहरण दिदै विरोधका आवाज दवाएर लोकतन्त्र बलियो नहुने बताए । ‘विरोधका आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो बन्दैन सभामुख महोदय  । राणाकालमा राणाहरुले विरोधीलाई झुन्डाइदिन्थे गोली...
मुस्ताङ कारागारमा एउटै भवनमा बस्छन् कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ कारागारमा एउटै भवनमा बस्छन् कैदीबन्दी र सुरक्षाकर्मी

आधा शताब्दीभन्दा धेरै पुरानो कारागार भवन ढुङ्गा र माटोले बनेको छ । भवनको छत सक्खर माटो बिच्छ्याएको छ । एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले सुरक्षाकर्मीलाई...
संयुक्त विद्यार्थी संगठनले बुझायो, एमालेलाई ध्यानाकर्षण पत्र

संयुक्त विद्यार्थी संगठनले बुझायो, एमालेलाई ध्यानाकर्षण पत्र

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थीत नेकपा एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
अनुदान मल प्रकरणः गोदाममा मल लुकाएर राख्ने ब्यापारी दिलीप चौधरी पक्राउ

अनुदान मल प्रकरणः गोदाममा मल लुकाएर राख्ने ब्यापारी दिलीप चौधरी पक्राउ

उदयपुरमा अनुदानको मल लुकाएर राख्ने ब्यापारी पक्राउ परेका छन् । फक्राउ पर्नेमा दिलीप चौधरी रहेका छन् । उनी आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सका सञ्चालक हुन् ।