नेभिगेशन
मुख्य समाचार

संयुक्त विद्यार्थी संगठनले बुझायो, एमालेलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनहरुले नेकपा एमालेको ध्यानाकर्षण गराएका छन् । 

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थीत नेकपा एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको उनीहरुको आरोप छ । साथै उनीहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निशुल्क र समान शिक्षाको माग गरेका छन् ।

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिएका थिए ।

त्यस्तै, संयुक्त विद्यार्थी संगठनले आफुहरुका मागका बारेमा सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैंया घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय...
सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको उल्लेख गर्दै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताएका छन् । आफ्नो दलले भिजिट भिसा...
आफ्नाे डिप फेक  अडियो/भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए उजुरी

आफ्नाे डिप फेक अडियो/भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए उजुरी

उनले दिएको जाहेरीमा बिगत दुईदिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक संजालमा झुठा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बाद,...
स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध

स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध

गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा काम प्रभावित भएको हो ।