नेभिगेशन
मुख्य समाचार

सदनमा प्रतिवाद गर्न नसकेर हाम्रा नेताहरुको ‘डिपफेक अडियो’ छरपस्ट पारियोः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार विरोधको आवाज दवाउन लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले ९५ दिनदेखि आफूहरुले उठाइरहेको भिजिट भिसा प्रकरणमा भएको मानव तस्करी र भ्रष्टाचराका विषय राज्यले नसुनेको बताएका हुन् । 

‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौँ । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन ।’ 

उनले अन्य दलका सांससहरु रास्वपाका नेताहरुले २ मिनेटमा बोलेको विषयमा प्रतिवाद गर्न समय खर्च गरिहेको समेत आरोप लगाए । उनले आफ्ना नेताहरुको डिपफेक अडियो बनाउने कार्य समेत भएकोमा आपत्ति जनामए । ‘सत्ता पक्षका माननीज्यूहरुले हामीले बोलेको २ मिनेटका लागि यो ९५ दिन घन्टौँ समय प्रतिवादमा खर्च गरिरहनुभएको छ । कर्कस, अराजक शैलीमा मिथ्या आरोपहरु हामीमाथि लगाईराख्नुभएको छ ।’ उनले भने, ‘सदनमा सिर्जनात्मक बहस गर्ने हामीमाथि सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ ।’ 

उनले राणा शासनको उदाहरण दिदै विरोधका आवाज दवाएर लोकतन्त्र बलियो नहुने बताए । ‘विरोधका आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो बन्दैन सभामुख महोदय  । राणाकालमा राणाहरुले विरोधीलाई झुन्डाइदिन्थे गोली हान्थे, मार्दिन्थे । बच्यो राणा शासन ? बचेन ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...