नेभिगेशन
समाज

सदनमा प्रतिवाद गर्न नसकेर हाम्रा नेताहरुको ‘डिपफेक अडियो’ छरपस्ट पारियोः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार विरोधको आवाज दवाउन लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले ९५ दिनदेखि आफूहरुले उठाइरहेको भिजिट भिसा प्रकरणमा भएको मानव तस्करी र भ्रष्टाचराका विषय राज्यले नसुनेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौँ । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन ।’ 

Ncell
Extreme Energy

उनले अन्य दलका सांससहरु रास्वपाका नेताहरुले २ मिनेटमा बोलेको विषयमा प्रतिवाद गर्न समय खर्च गरिहेको समेत आरोप लगाए । उनले आफ्ना नेताहरुको डिपफेक अडियो बनाउने कार्य समेत भएकोमा आपत्ति जनामए । ‘सत्ता पक्षका माननीज्यूहरुले हामीले बोलेको २ मिनेटका लागि यो ९५ दिन घन्टौँ समय प्रतिवादमा खर्च गरिरहनुभएको छ । कर्कस, अराजक शैलीमा मिथ्या आरोपहरु हामीमाथि लगाईराख्नुभएको छ ।’ उनले भने, ‘सदनमा सिर्जनात्मक बहस गर्ने हामीमाथि सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ ।’ 

उनले राणा शासनको उदाहरण दिदै विरोधका आवाज दवाएर लोकतन्त्र बलियो नहुने बताए । ‘विरोधका आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो बन्दैन सभामुख महोदय  । राणाकालमा राणाहरुले विरोधीलाई झुन्डाइदिन्थे गोली हान्थे, मार्दिन्थे । बच्यो राणा शासन ? बचेन ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।