नेभिगेशन
मुख्य समाचार

जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ–ठाउँमा सय रुपैयाँ घुस मागे: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा चेक गरेर हैरानी दिएको आरोप लगाएका छन् । प्रतिनिधसभा बैठकमा बोल्दै उनले प्रहरीले सय रुपैयाँका दरले घुस खाने गरेको समेत आरोप लगाएका छन् । 

‘गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, जुम्लाबाट स्याउ ल्याएको हो । अफिम होइन । ठाउँमा–ठाउँमा चेक गरेर प्रहरीले सय रुपैयाँसम्म घुस मागेको छ ।’ 

उनले स्याउका गाडीलाई चेकिङ नगर्न माग गरे । ‘यो संसदबाट भन्न चाहन्छु, स्याउ ल्याएको हो । स्याउका गाडी कतैपनि चेक नगरियोस् ।’ 

त्यस्तै उनले जुम्लाको स्याउका रसिलो, अगार्ननिक भएकोले विदेशी स्याउ आयातमा रोक लगाउन कृषिमन्त्रीसँग माग गरे । उनले स्याउ रसिलो भएपनि भित्र निकै पीडा लुकेको बताए । उनले जुम्लाबाट आउने बाटो ४ दिनदेखि बन्द रहेकोबारे भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराए । 

उनले भने, ‘सडक डिभिजन कार्यालयका एउटा डोजरले टुक्क टुक्क कोदोमा कुटो हानेजसरी त्यो सडक हानिएको छ । सडक खोल्न मुस्किल परेको छ । हिजो धौ धौ गरी खोलियो, फेरि हिजो राति पहिरो आयो । अब कैले फेरि पहिरो आउने हो ।’ 

बर्खाको समयमा बाटो खोल्नको लागि उपकरण राखिदिन उनले माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...