नेभिगेशन
समाज

जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ–ठाउँमा सय रुपैयाँ घुस मागे: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा चेक गरेर हैरानी दिएको आरोप लगाएका छन् । प्रतिनिधसभा बैठकमा बोल्दै उनले प्रहरीले सय रुपैयाँका दरले घुस खाने गरेको समेत आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, जुम्लाबाट स्याउ ल्याएको हो । अफिम होइन । ठाउँमा–ठाउँमा चेक गरेर प्रहरीले सय रुपैयाँसम्म घुस मागेको छ ।’ 

Ncell
Extreme Energy

उनले स्याउका गाडीलाई चेकिङ नगर्न माग गरे । ‘यो संसदबाट भन्न चाहन्छु, स्याउ ल्याएको हो । स्याउका गाडी कतैपनि चेक नगरियोस् ।’ 

त्यस्तै उनले जुम्लाको स्याउका रसिलो, अगार्ननिक भएकोले विदेशी स्याउ आयातमा रोक लगाउन कृषिमन्त्रीसँग माग गरे । उनले स्याउ रसिलो भएपनि भित्र निकै पीडा लुकेको बताए । उनले जुम्लाबाट आउने बाटो ४ दिनदेखि बन्द रहेकोबारे भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराए । 

उनले भने, ‘सडक डिभिजन कार्यालयका एउटा डोजरले टुक्क टुक्क कोदोमा कुटो हानेजसरी त्यो सडक हानिएको छ । सडक खोल्न मुस्किल परेको छ । हिजो धौ धौ गरी खोलियो, फेरि हिजो राति पहिरो आयो । अब कैले फेरि पहिरो आउने हो ।’ 

बर्खाको समयमा बाटो खोल्नको लागि उपकरण राखिदिन उनले माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।