नेभिगेशन
समाज

सुन्तलामा फल झर्ने रोग लागेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । सुन्तलाको फल खस्ने रोग देखिएपछि यस क्षेत्रका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनले बताए । उनले भने, “सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ । भेट्नो कुहिएर फल झरिरहेको छ, सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ ।”

Ncell
Extreme Energy

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनले बताए । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताइन । उनी भन्छीन, फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेका थियौँ । यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको छ ।’ 

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए । राज्यले रोगको निराकरणको लागि ध्यान दिन आवश्यक रहेको उनले बताए । प्रायः सबै किसानको सुन्तला बगैँचामा फल खस्ने रोग देखिएको उनले जानकारी दिए ।

“सुन्तलामा विभिन्न खालका रोग देखिँदा हामी किसान समस्यामा छौँ”, उनले भने, “राज्यले रोगको पहिचान गरिदिए हुने थियो, रोगको पहिचान भएमा हामी आफैँ औषधि किनेर लगाउन तयार छौँ, यही समस्या रहेमा बगान नै सखाप हुने अवस्था छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।