नेभिगेशन
समाज

आफ्नाे डिप फेक अडियो/भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई वदनाम गर्न डिपफेक भिडियो बनाउनेविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् । उनले आज दिउँसो भोटाहिटी स्थित साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दिएको जाहेरीमा बिगत दुईदिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक संजालमा झुठा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बाद, एवम् दृश्यहरु सामेल गरि सामाजिक संजालमा चरित्र, प्रतिष्ठा, र राजनीतिक जीवनमा आघात पुर्याउने हेतुले घृणा र द्वेष फैलाउने नियतले सामाजिक संजालमा प्रचार प्रसार गरेको उल्लेख छ । 

Ncell
Extreme Energy

उनले झुठा र  बनावटी, विषयवस्तु समाबेश गरि विद्युतीय मध्यमबाट आफ्नो विरुद्धमा गम्भीर झुटा अफवाह फैलाई गरि कानूनी कार्य गर्ने गर्ने व्यक्ति पत्ता लगाई कसले, कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सो को तत्काल अनुसन्धान गरि ति व्यक्तिहरुलाइ पक्राउ गरि कारवाही गर्न आग्रह गरेका छन् । 

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्न नहुने (कम्प्युटर , इन्टरनेट,लगायतका बिध्युतिया संचार माध्यममा कसै प्रति घृणा, द्वेष फैलाउने कार्य  गर्नेलाई गैर कानूनी कार्य मानिएको र त्यस्तो कार्य गर्नेलाई ५ बर्ष सम्म कैद हुने) कानूनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिताले समेत यस्ता कार्यलाइ फौजदारी कसुर मानिने व्यवस्था गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।