नेभिगेशन
मुख्य समाचार

आफ्नाे डिप फेक अडियो/भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई वदनाम गर्न डिपफेक भिडियो बनाउनेविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् । उनले आज दिउँसो भोटाहिटी स्थित साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् । 

उनले दिएको जाहेरीमा बिगत दुईदिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक संजालमा झुठा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बाद, एवम् दृश्यहरु सामेल गरि सामाजिक संजालमा चरित्र, प्रतिष्ठा, र राजनीतिक जीवनमा आघात पुर्याउने हेतुले घृणा र द्वेष फैलाउने नियतले सामाजिक संजालमा प्रचार प्रसार गरेको उल्लेख छ । 

CG

उनले झुठा र  बनावटी, विषयवस्तु समाबेश गरि विद्युतीय मध्यमबाट आफ्नो विरुद्धमा गम्भीर झुटा अफवाह फैलाई गरि कानूनी कार्य गर्ने गर्ने व्यक्ति पत्ता लगाई कसले, कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सो को तत्काल अनुसन्धान गरि ति व्यक्तिहरुलाइ पक्राउ गरि कारवाही गर्न आग्रह गरेका छन् । 

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्न नहुने (कम्प्युटर , इन्टरनेट,लगायतका बिध्युतिया संचार माध्यममा कसै प्रति घृणा, द्वेष फैलाउने कार्य  गर्नेलाई गैर कानूनी कार्य मानिएको र त्यस्तो कार्य गर्नेलाई ५ बर्ष सम्म कैद हुने) कानूनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिताले समेत यस्ता कार्यलाइ फौजदारी कसुर मानिने व्यवस्था गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले राससलाई जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल  सडक सञ्चालन हुने...
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ ।...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली...
बालेनले ल्याएको मौन आँधी

बालेनले ल्याएको मौन आँधी