नेभिगेशन
मुख्य समाचार

सङ्घीयताको सफल कार्यान्वयन भएनः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताएका छन् ।

पोखरा विश्वविद्यालयले बुधबार आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्घाटन गर्दै उनले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले अपेक्षित कामहरू गर्न नसकिएको बताए ।
    
सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा सङ्घीयता कार्यान्वयन झनै जटिल बन्दै गईरहेको बताए ।

सङ्घीयताका कारण जनता सरकारको नजिक पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले अपेक्षा बढी र सीमित साधन स्रोतबीचको अपेक्षालाई चाहेअनुसार सम्बोधन गर्न नसकिएको बताए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रदेशमा सङ्घीयतापश्चात् धेरै कुरामा सकारात्मक परिवर्तन आएको बताए ।

विभिन्न सूचकले प्रदेशको समग्र विकास सकारात्मक रुपमा बढेको देखाएको बताउँदै गण्डकी प्रदेश सरकार सुशासनसँगै चुस्त मितव्ययी प्रशासनिक संरचना बनाउने तरबरले बढिरहेको बताए ।

स्वीट्जरल्याण्डका कार्यबाहक राजदुत माथियस मियरले सङ्घीयतालाई प्रभावकारी बनाउने गरी नेपाल लागिरहेको बताए । कार्यक्रमा पोखरा विश्वविद्यालयका रजिष्टार सह प्रा डा अजय थापाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गराउने सन्दर्भमा नै कार्यक्रम राखिएको बताए ।

पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले सङ्घीयतालाई प्रभावकारी बनाउन राजनीतक प्राथमिकता र सक्रियता एवं प्रशासनिक जाँगर सीप आवश्यक हुने बताए । टुक्रे योजना वितरणमा नियन्त्रण र उत्पादनमूलक लगानी हुनुपर्नेमा उनले दिए । कार्यक्रममा नीति तथा योजना आयोग गण्डकीका पूर्वउपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सह प्रा डा अर्जुन थापालगायतले गण्डकी प्रदेशमा सङ्घीयताको अवस्था, चुनौतीलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...