नेभिगेशन
समाज

डा.स्वर्णिम वाग्ले विरुद्धको दुष्प्रचारमा एमाले युवा संघका नेता

काठमाडौँ । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगेर उनले डीपफेक भिडियो बनाउनेलाई कारबाही माग गर्दै जाहेरी दर्ता गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिन देखि सामाजिक सञ्जालमा डा.वाग्लेको भनाई भन्दै गलत सामाग्री प्रचार गरिएका छन् । सार्वजनिक भएको एक डीप फेक भिडियोमा 'रवि लामिछाने छुटाउन भारतसँग जे पनि गर्न तयार लेखेर' एक अडियो सामाग्री प्रचार गरिएको छ । '२०८४ मा आफूहरू सबै भन्दा ठूलो शक्ति हुने र यो सबै  मिलाउने भन्दै फोनमा भारतीय अधिकारीहरूसँग बोलेको जस्तो' एक सामाग्री उक्त प्रचारित भिडियाेमा छ। 

Ncell
Extreme Energy

प्रतिनिधिसभा सदस्य समेत रहेका वाग्लेले सामाजिक सञ्जालमा सर्वत्र छरिएको एक लिंक पनि साइबर ब्युरोलाई बुझाएका छन् । तर,जाहेरीमा कसैकाे पनि नाम भने खुलाएका छैनन् । सिधाकुरालाई प्राप्त केही भिडियाे र लिंक अनुसार रास्वपा र रवि लामिछानेका नाममा खोलिएका छद्म फेसबुक पेजमा डा‍.वाग्ले विरुद्धको गलत सामाग्री प्रसार गरिएको छ। उक्त लिंक सेयर गर्ने र फैलाउने कार्यको नेतृत्व एमालेको भातृ युवा संंगठन युवा संघका नेता अमित मगर रहेको देखिन्छ । 

मगरले दुइदिन अघि पाेष्ट गरेकाे उक्त्त भिडियाे फेसबुकमा १६ लाखले हेरेका छन् । यस्तै, साे भिडियाे ५६ सय फेसबुक एकाउन्टबाट शेयर गरिएकाे छ भने दुई हजार मानिसले कमेन्ट गरेका छन् । भिडियाेबारे प्रहरीमा जाहेरी परेपछि मगरले साे भिडियाेकाे ह्यासट्यागमा कपि भनेर लेखेकाे पनि देखिन्छ ।

मगरले आफु नेकपा एमाले नुवाकोट जिल्ला समिति सदस्य एवम् युवा संघ विशेष प्रदेश कमिटी उपाध्यक्ष रहेको आफ्नो फेसबुकको परिचयमा लेखेका छन् । उनले आफ्नो फेसबुकमा यो कन्टेन्ट राखेको र दर्जनौँ ग्रुपहरुमा शेयर गरेको देखिन्छ । यस्तै, नरेश बोहोरा नामका व्यक्तिले पनि वाग्ले विरुद्धको सामाग्री फैलाएका छन् । उनले आफ्नो परिचय खुलाएका छैनन् । 

अर्का, पदम जोशी नाम गरेका युवकले पनि यि सामाग्रीहरू धेरै ठाउँमा फैलाएको भेटिएको छ। डा.वाग्लेले दिएको जाहेरीमा विगत दुई दिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक सञ्जालमा झूटा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बद्ध, एवम् दृश्यहरू सामेल गरि सामाजिक सञ्जालमा चरित्र, प्रतिष्ठा, र राजनीतिक जीवनमा आघात पु¥याउने हेतुले घृणा र द्वेष फैलाउने नियतले सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको उल्लेख छ। 

उनले झूटा र  बनावटी, विषयवस्तु समावेश गरि विद्युतीय मध्यमबाट आफ्नो विरुद्धमा गम्भीर झुटा अफवाह फैलाई गरि कानूनी कार्य गर्ने गर्ने व्यक्ति पत्ता लगाई कसले, कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सो को तत्काल अनुसन्धान गरि ति व्यक्तिहरुलाइ पक्राउ गरि कारवाही गर्न आग्रह गरेका छन् । 

साइबर ब्युरोमा उजुरी पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले नुवाकोट, चितवन र तनहुँ लगायतका जिल्लाका एमाले र कांग्रेसका नेता कार्यकर्ताद्वारा आफूमाथि हिलो छयाप्ने काम भइरहेको बताए । 

‘नेपालमा भएका देखि प्रवासमा रहेका नुवाकोट, चितवन र तनहुँका एमाले र कांग्रेसका जिल्ला नेताहरू समेत यो कार्यमा लागेको देखियो,’ वाग्लेले भने,‘ हिलो छ्याप्दी हालम १०/१५ प्रतिशतले पत्याए भने पनि त भइहाल्यो भन्ने नियत देखिन्छ।’ 

साइबर ब्युरो भोटाहिटीले सांसद स्वर्णिम वाग्ले आफ्नो विरुद्ध गलत प्रचार भएको भन्दै उजुरी लिएर आएको बतायो । ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीले सांसद वाग्लेले निवेदन दिएको सिधाकुरासँग पुष्टि गरे ।  

‘मेरो हुँदै नभएको अडियो बनाएर गलत सामाग्री अपलोड भएको भन्दै उहाँले उजुरी दिनु भएको छ,’ सूचना अधिकारी अवस्थीले भने, ‘अडियो भन्ने की भिडियो अझै भोइस ओभर गरेर बनाइएको एक सामाग्री एक अकाउण्टबाट अपलोड भएको रहेछ । हामी हेर्दैछौँ ।’

मगर एमाले नेता रहेको नुवाकोट एमालेको पनि जनाएको छ । नेकपा एमाले नुवाकोट अध्यक्ष बद्री मैनालीले अमित मगर एमालेको जिल्ला नेता रहेको र अहिले देश बाहिर भएको सिधाकुरालाई बताए । ‘अमित मगर जिल्ला कमिटी सदस्य हो, युवा संघको अध्यक्ष पनि हुनुहुन्थ्यो । तर, अहिले  निजी काममा देश बाहिर हुनुहुन्छ,’ अध्यक्ष मैनालीले सिधाकुरासँग भने । 

मैनालीका अनुसार उनी अहिले साउदी अरेबियामा छन् । मगरले पार्टीको जिम्मेवारीबाट राजिनामा नदिएको पनि उनले प्रष्ट्याए । मगरले सार्वजनिक गरेको भिडियोबारेको कुराकानीमा मैनालीले नेताहरूको आलोचना हुनु सामान्य भएको तर्क गरे ।

‘नेताहरुमाथि आलोचना हुन्छ । प्रधानमन्त्रीको पनि कार्टुन बन्छन्,’ उनले भने,‘नेताहरु भएर सहनु पर्छ । आफू जे पनि गर्ने अरुले त्यही गरे प्रहरीकोमा जाने काम राम्रो भएन,’ अध्यक्ष मैनालीले भने ।  

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्न नहुने (कम्प्युटर, इन्टरनेट,लगायतका बिध्युतिया संचार माध्यममा कसै प्रति घृणा, द्वेष फैलाउने कार्य  गर्नेलाई गैर कानूनी कार्य मानिएको र त्यस्तो कार्य गर्नेलाई ५ बर्ष सम्म कैद हुने) कानूनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिताले समेत यस्ता कार्यलाइ फौजदारी कसुर मानिने व्यवस्था गरेको छ ।

(पछिल्लो अद्यावधिक समय अपरान्ह ५ बजेर १७ मिनेट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।