नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । बुधबार ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

बुधबारको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । 

CG

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा  शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा...
प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको...
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानमा शेयरतर्फ रू २६ अर्ब ३४ करोड २१ लाख र ऋणतर्फ रू २० अर्ब ५३ करोड १८ लाख गरी कुल रू ४६...
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल,...

भर्खरै