नेभिगेशन
समाज

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने निर्णय गर्न मन्त्रालयमा बैठक बस्दै

काठमाडौँ । नेपाल सरकारले दिएको अन्तिम समयसीमासम्म पनि सामाजिक सञ्जाल सञ्चालक कम्पनी सूचीकरण हुन नआएपछि आज थप निर्णय हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण अनुरोध गर्ने र उक्त समयभित्र सूचीकरण नहुने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले सूचीकरणका लागि दिएको सयम बुधबार राति सकिएको छ ।तर, उक्त अवधिमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सूचीकरणका लागि आएका छैनन् ।

Ncell
Extreme Energy

सञ्चार मन्त्रालयका अनुसार सरकारले तोकेको समयभित्र सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने र नगर्नेबारे निर्णय लिन आज बिहान १० बजे मन्त्रालयमा बैठक बस्ने भएको छ । बैठकले कुनै निर्णय गरेर टुंगो लगाउने सञ्चारमन्त्रालयका अधिकारीले बताए । 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।