नेभिगेशन
मुख्य समाचार

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने निर्णय गर्न मन्त्रालयमा बैठक बस्दै

काठमाडौँ । नेपाल सरकारले दिएको अन्तिम समयसीमासम्म पनि सामाजिक सञ्जाल सञ्चालक कम्पनी सूचीकरण हुन नआएपछि आज थप निर्णय हुने भएको छ । 

यही ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण अनुरोध गर्ने र उक्त समयभित्र सूचीकरण नहुने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले सूचीकरणका लागि दिएको सयम बुधबार राति सकिएको छ ।तर, उक्त अवधिमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सूचीकरणका लागि आएका छैनन् ।

सञ्चार मन्त्रालयका अनुसार सरकारले तोकेको समयभित्र सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने र नगर्नेबारे निर्णय लिन आज बिहान १० बजे मन्त्रालयमा बैठक बस्ने भएको छ । बैठकले कुनै निर्णय गरेर टुंगो लगाउने सञ्चारमन्त्रालयका अधिकारीले बताए । 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...