नेभिगेशन
मुख्य समाचार

उपत्यका प्रहरीको हास्यास्पद सूचनाः राति फोनमा नबोल्नु,कुकरको सिठी नलगाउनु, शौचालयमा नखोक्नु

यी क्रियाकलाप गरे हुन सक्छ ३ लाख सम्म जरिवाना

काठमाडौँ । काठमाडौ उपत्यका प्रहरी कार्यालयले रानीपोखरीले मानविय क्रियाकलपाका लागि हाँस्यापद सूचना जारी गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो सूचना जारी गरेको हो । 
सामान्य मानवीय दैनिकिमा गरिने क्रियाकलपाले समेत ध्वनि प्रदुषण उत्पन्न गरेको भन्दै ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा निर्देशनको शैलीमा सूचना जारी गरेको छ । सूचना राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ ।

अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।

यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।

यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेरि वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउनसमेत भनिएको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।

यस्तो छ प्रहरीको सूचना:

 

542106863_4250383075190691_3114470773486436622_n-1756964732.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...