नेभिगेशन
मुख्य समाचार

नेता बदनमाथि भएकाे आक्रमणबारे रास्वापले भन्योः विश्वसनीय छानबिन र दोषी माथि कारवाही होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि बुधबार साँझ  भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानुनी कारबाहीका गर्न माग गरेको  हो । 

हिजो राति पौने ९ बजे कार्यालयबाट घर आउने क्रममा काठमाडौँको कपनस्थित प्रगति चोकमा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुका साथै गाडीसमेत तोडफोड गरिएको रास्वपाले जनाएको छ ।
विज्ञप्तिमा रास्वपाले भनेको छ,‘हिजो राति काठमाडौँको कपनस्थित प्रगति चोकमा ज्यान लिने उद्देश्यसहित गरिएको आक्रमणको घोर निन्दा गर्दछौँ । कपनमै रहेको कार्यालयबाट राति ८ः४५ बजेतिर घर जाँदै गर्दा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुकासाथै गाडीसमेत तोडफोड गरिएको छ । रड प्रहारबाट भण्डारीको टाउकोमा दश टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको छ भने शरीरभर निलडाम छ’।   

पीडित भण्डारीका अनुसार नारी टिभीमा केही समयअघि दिएको अन्तरवार्तालाई कारण बनाएर निरन्तर धम्की आइरहेको र केही दिनअघि एक समूहले भण्डारीको अफिस रहेकै भवनमा आएर उनीबारे सोधखोज गरेका थिए ।  

घटना विवरण र आशङ्काबारे प्रहरीलाई जानकारी गराइएको भन्दै यस निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानुनी कारबाहीका गर्न माग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...