नेभिगेशन
समाज

नेता बदनमाथि भएकाे आक्रमणबारे रास्वापले भन्योः विश्वसनीय छानबिन र दोषी माथि कारवाही होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि बुधबार साँझ  भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानुनी कारबाहीका गर्न माग गरेको  हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो राति पौने ९ बजे कार्यालयबाट घर आउने क्रममा काठमाडौँको कपनस्थित प्रगति चोकमा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुका साथै गाडीसमेत तोडफोड गरिएको रास्वपाले जनाएको छ ।
विज्ञप्तिमा रास्वपाले भनेको छ,‘हिजो राति काठमाडौँको कपनस्थित प्रगति चोकमा ज्यान लिने उद्देश्यसहित गरिएको आक्रमणको घोर निन्दा गर्दछौँ । कपनमै रहेको कार्यालयबाट राति ८ः४५ बजेतिर घर जाँदै गर्दा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुकासाथै गाडीसमेत तोडफोड गरिएको छ । रड प्रहारबाट भण्डारीको टाउकोमा दश टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको छ भने शरीरभर निलडाम छ’।   

Ncell
Extreme Energy

पीडित भण्डारीका अनुसार नारी टिभीमा केही समयअघि दिएको अन्तरवार्तालाई कारण बनाएर निरन्तर धम्की आइरहेको र केही दिनअघि एक समूहले भण्डारीको अफिस रहेकै भवनमा आएर उनीबारे सोधखोज गरेका थिए ।  

घटना विवरण र आशङ्काबारे प्रहरीलाई जानकारी गराइएको भन्दै यस निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानुनी कारबाहीका गर्न माग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...