नेभिगेशन
समाज

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

म्याग्दी । पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको हो । आर्थिक वर्ष २०८१ र ८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका–४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए । उनले भने, “विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष रु दश लाख विनियोजन भएको छ । पहिरो रोकथामका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।”  चार र चार कोठे दुई वटा पक्की भवनमुनिको जमिन चर्कीएपछि ढल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

ढङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन् । पहिरोले तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए । “किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ”, उनले भने, “पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ ।”
  
विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । उनले भने, “कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रङरोगन तथा घेराबार गर्न बाँकी छ”, ।   

ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए । पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार रु ४४ लाख ७७ हजार मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराएपनि नाम राख्ने विषयमा विवाद देखिएको थियो ।

वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए । पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।

जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै उनले थप पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...