नेभिगेशन
मुख्य समाचार

सहकारीको १६ करोड हिनामिना गरेर डेढ वर्षदेखि फरार राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

काठमाडौँ । छिपछिपे सहकारीको १६ करोड ठगी प्रकरणमा डेढ वर्षदेखि फरार रहेकी राप्रपाकी सांसद गिता बस्नेत अदालत उपस्थित भएकै दिन १५ लाख धरौटीमा छुटेकी छिन् ।

पूर्वी नवलपरासीको कावासोतीस्थित छिपछिपे सहकारीका तीन हजार बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपैयाँ ठगीको आरोप लागेपछि प्रहरीले उनीसहित ३५ जनामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान सुरु भएलगत्तै सांसद बस्नेत फरार भएकी थिइन् । 

बुधबार नवलपुर जिल्ला अदालतमा उपस्थित भएकी उनको जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा थुनछेक भएको थियो । अदालतमा हाजिर भएकै दिनको बयान, थुनछेक र आदेश भएका छ । जिल्ला अदालत नवलपुरका स्रेस्तेदार प्रेमप्रसाद पौडेलका अनुसार न्यायाधीश ज्ञवालीको इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसलगत्तै १५ लाख बैंक ग्यारेण्टी बुझाएर उनी रिहा भएकी छिन् । 
बस्नेतले सहकारीको रकम आफू सञ्चालक रहेको कृष्णसार रिर्सोटमा विना धितो लगानी गरेकी थिइन् । उनीमाथि चितवनको सनराइज सहकारी ठगीमा पनि मुद्दा दायर भएको छ । उक्त मुद्दामा पनि उनी फरार रहेकी छिन् । सनराइज सहकारीको करोडौँ रकम समेत रिसोर्टमा लगानी गरेको अभियोग उनीमाथि छ । 
छिपछिपे सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेले दिएको बयान अनुसार बस्नेत, सहकारीका सचिव समेत रहेका बस्नेतका ज्वाई नगेन्द्र रिमाल, सञ्जीवकुमार महातो र स्यमं उनकै योजनामा सहकारीको रकम रिसोर्टमा लगानी गरेको उल्लेख गरेका छन् । 
डेढ वर्षसम्म फरार रहेकी उनी संसदमा भने विरामी विदा लिएर मासिक सेवा सुविध बुझ्दै आएकी छिन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...