नेभिगेशन
समाज

सहकारीको १६ करोड हिनामिना गरेर डेढ वर्षदेखि फरार राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

काठमाडौँ । छिपछिपे सहकारीको १६ करोड ठगी प्रकरणमा डेढ वर्षदेखि फरार रहेकी राप्रपाकी सांसद गिता बस्नेत अदालत उपस्थित भएकै दिन १५ लाख धरौटीमा छुटेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वी नवलपरासीको कावासोतीस्थित छिपछिपे सहकारीका तीन हजार बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपैयाँ ठगीको आरोप लागेपछि प्रहरीले उनीसहित ३५ जनामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान सुरु भएलगत्तै सांसद बस्नेत फरार भएकी थिइन् । 

Ncell
Extreme Energy

बुधबार नवलपुर जिल्ला अदालतमा उपस्थित भएकी उनको जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा थुनछेक भएको थियो । अदालतमा हाजिर भएकै दिनको बयान, थुनछेक र आदेश भएका छ । जिल्ला अदालत नवलपुरका स्रेस्तेदार प्रेमप्रसाद पौडेलका अनुसार न्यायाधीश ज्ञवालीको इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसलगत्तै १५ लाख बैंक ग्यारेण्टी बुझाएर उनी रिहा भएकी छिन् । 
बस्नेतले सहकारीको रकम आफू सञ्चालक रहेको कृष्णसार रिर्सोटमा विना धितो लगानी गरेकी थिइन् । उनीमाथि चितवनको सनराइज सहकारी ठगीमा पनि मुद्दा दायर भएको छ । उक्त मुद्दामा पनि उनी फरार रहेकी छिन् । सनराइज सहकारीको करोडौँ रकम समेत रिसोर्टमा लगानी गरेको अभियोग उनीमाथि छ । 
छिपछिपे सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेले दिएको बयान अनुसार बस्नेत, सहकारीका सचिव समेत रहेका बस्नेतका ज्वाई नगेन्द्र रिमाल, सञ्जीवकुमार महातो र स्यमं उनकै योजनामा सहकारीको रकम रिसोर्टमा लगानी गरेको उल्लेख गरेका छन् । 
डेढ वर्षसम्म फरार रहेकी उनी संसदमा भने विरामी विदा लिएर मासिक सेवा सुविध बुझ्दै आएकी छिन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...