नेभिगेशन
मुख्य समाचार

११ दशमलव ५२ अङ्कले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आइतबारको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो ।

आइतबार विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आइतबार १७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ । 
    
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर् मूल्य ९।९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को पाँच दशमलव ८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको पाँच दशमलव १२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको तीन दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।