नेभिगेशन
समाज

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

काठमाडौँ । व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ । गत साता भएको जेन–जी संघर्षको सन्दर्भमा उसले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ । ‘अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिवद्धताको आवश्यकता छ’ आइतबार उसले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ अनि हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँदछ,’ उसले भनेको छ ।

Ncell
Extreme Energy

पहिलो महिला प्रधानमन्त्रीकोे रुपमा सुशीला कार्कीको नियुक्तिलाई उसले इतिहासको एक नयाँ अध्याय भनेको छ । ‘हाम्रो राष्ट्रको भविष्य अब विगतमा सीमित छैन भन्ने गहन घोषणा पनि हो,’ उसको भनाइ छ । यस क्षणमा पुग्नका लागि राष्ट्रले ठूलो मूल्य चुकाएको र परिवर्तनका लागि सहादत प्राप्न गर्ने सबैको सपनाप्रति दृढ संकल्पित हुनुपर्ने उसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...