नेभिगेशन
समाज

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

काठमाडौँ । व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ । गत साता भएको जेन–जी संघर्षको सन्दर्भमा उसले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ । ‘अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिवद्धताको आवश्यकता छ’ आइतबार उसले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ अनि हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँदछ,’ उसले भनेको छ ।

Ncell
Extreme Energy

पहिलो महिला प्रधानमन्त्रीकोे रुपमा सुशीला कार्कीको नियुक्तिलाई उसले इतिहासको एक नयाँ अध्याय भनेको छ । ‘हाम्रो राष्ट्रको भविष्य अब विगतमा सीमित छैन भन्ने गहन घोषणा पनि हो,’ उसको भनाइ छ । यस क्षणमा पुग्नका लागि राष्ट्रले ठूलो मूल्य चुकाएको र परिवर्तनका लागि सहादत प्राप्न गर्ने सबैको सपनाप्रति दृढ संकल्पित हुनुपर्ने उसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...