नेभिगेशन
सबै कुरा

नेपालीलेनै बनाए टिकटक जस्तै नेपाली एप 'रमाइलो', कसरी काम गर्छ ?

काठमाडौं । सरकारले नेपालमा टिकटक प्रतिबन्द गरेपछि यसको विकल्पमा नेपालीहरुलेनै शर्ट भिडिओ शेयरिङ प्लेटफर्मकारुपमा नेपाली एप ‘रमाइलो’ बनाएका छन् । आइडिया जार डिजिटल कम्पनीले बनाएको यो एप मङ्गलवारबाट एप स्टोहरुमा देखिन थालेको छ । 

१३ वर्ष उमेर भन्दा माथिकाले मात्रै चलाउन पाउने रमाइलो एपमा पनि  भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा छन् । कन्टेन्ट क्रियटरलाई कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम समेत दिने छ । यो सुविधा भने केहि समय पछि मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ । 

सामाजिक सद्भावमा असर पुर्‍याउने सामग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ुकम्युनिटी गाइडलाइन्सु अन्तर्गत भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिदिने कम्पनीले जनाएको छ । 

यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोर उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।
सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको...