नेभिगेशन
मुख्य समाचार

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि बिहीबारका लागि बजार बन्द भएको छ ।

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः २३ मा पुनः दोस्रो सर्किट लाग्यो ।

त्यसबेला बजार पाँच प्रतिशतले ओरालो लागेको थियो । दोस्रो सर्किट लागेपछि पुनः ४० मिनेट कारोबार बन्द गरियो । पुनः नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक छ प्रतिशतले ओरालो लाग्यो । तेस्रो सर्किट लागेसँगै बिहीबारको कारोबार बन्द भएको जनाइएको हो । नेप्सेको अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ११ दशमलव ९१ मा सीमित भएको छ ।

सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ । भदौ २३ र २४ को विषम परिस्थितिका कारण बन्द भएको बजार बिहीबार खुलेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...