नेभिगेशन
सबै कुरा

एनआरएन पुरीले लिए कर्णाली प्रदेशमै पहिलो नेपाली नागरिकता

सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं–१० घर भई हाल अष्ट्रेलिया बस्दै आएका संजय पुरीलाई सुर्खेत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई प्रजिअ सापकोटालेनै हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतवाट गैर आवासीय नागरिकता लिएका पुरीले लामो समयपछिको गैरआवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको बताए । 

Ncell
Extreme Energy

उनले आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय सुर्खेत प्रति आभार व्यक्त गदै अबका दिनमा कर्णालीमा घर भई विभिन्न देशमा रहेका गैरआवासीय नागरिकलाई नागरिकता लिन सहज हुने बताए । 

पहिलो पटक नागरिकता लिँदा सरकारले बनाएको नागरिकता ऐन र नियमावली अनुसारको कागजात जिल्लागत रुपमा तयार गर्न केही समस्या देखा परेपनि अबका दिनमा सहजता हुने पुरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।