नेभिगेशन
सबै कुरा

एनआरएन पुरीले लिए कर्णाली प्रदेशमै पहिलो नेपाली नागरिकता

सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं–१० घर भई हाल अष्ट्रेलिया बस्दै आएका संजय पुरीलाई सुर्खेत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई प्रजिअ सापकोटालेनै हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतवाट गैर आवासीय नागरिकता लिएका पुरीले लामो समयपछिको गैरआवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको बताए । 

City Express

उनले आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय सुर्खेत प्रति आभार व्यक्त गदै अबका दिनमा कर्णालीमा घर भई विभिन्न देशमा रहेका गैरआवासीय नागरिकलाई नागरिकता लिन सहज हुने बताए । 

पहिलो पटक नागरिकता लिँदा सरकारले बनाएको नागरिकता ऐन र नियमावली अनुसारको कागजात जिल्लागत रुपमा तयार गर्न केही समस्या देखा परेपनि अबका दिनमा सहजता हुने पुरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...