नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा ७८ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।

आइतबार ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो ।

CG

आइतबार सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ । बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आइतबार सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ । सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रू ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन ।
यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान...
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम

मन्त्री गौतमले भनिन्, “ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ ।” अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ...
पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन

आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन । पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए ।...