नेभिगेशन
समाज

नेप्से परिसूचकमा ७८ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो ।

Ncell
Extreme Energy

आइतबार सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ । बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आइतबार सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ । सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रू ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...