नेभिगेशन
मुख्य समाचार

इजरेली सेनाले दियो विपिन जोशी जिवित नरहेको जानकारी

काठमाडौँ । हमासले कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको इजरेली सेनाले जानकारी गराएको छ । इजरेली सेनाले जोशी जिवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी नेपालीलाई जानकारी दिएका छन् । 

आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशी, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर पछिल्लो जानकारी गराएका हुन् । 

CG

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा बन्दी बनाइएका २२ जना जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएको २० जनाको सूचीमा पनि नेपाली नागरिक विपीन जोशीको नाम समावेश छैन । 

विपिन सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए । चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।  

कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन जोशी घाइते भएर अपहरणमा परेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष...
इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

महिला, दृष्टिविहीन, अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिन लागेका हुन् ।
आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।