नेभिगेशन
समाज

नेप्से परिसूचक ४४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार सबै समूहको उपसूचक हरियो देखिएको छ ।

Ncell
Extreme Energy

बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ४४, व्यापार दुई दशमलव ८१ र अन्य समूह पाँच दशमलव ०१ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३१ करोड ९१ लाख चार हजार ७३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैङ्क लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता शेयर किनबेच भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर...
‘काँक्रेबिहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

‘काँक्रेबिहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा...
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा दिने घोषणा

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा दिने घोषणा

उनले पदमा हुँदा आफूले गरेका सबै निर्णय ‘आफूले माया गर्ने देशलाई अगाडि राखेर’ गरेको बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ।
वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरुले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय...