नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।

मंगलबार ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ । मंगलबार म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ८२, विकास बैङ्क एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

मंगलबार कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...