नेभिगेशन
मुख्य समाचार

सेयर निष्काशन र लगानीकर्ताको समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान)ले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

CG

प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका प्रमुख तथा प्रतिनीधिहरुसँग भेटघाट तथा पत्राचार गरी ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुनुवाई नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उनले अन्तिम पटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको यथाशिघ्र सेयर निष्काशनका लागि ध्यानाकर्षण गराउने र १५ दिन भित्र सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख गरे । 

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै अख्तियारमा उजुरी दिन समेत बाध्य हुने कार्कीले बताए ।

त्यस्तै उनले कानूनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर  निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेको अवरोधप्रति पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराइने जानकारी दिए ।

प्रत्येक आयोजनाहरुलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरुको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने इप्पानले जनाएको छ ।

ऊर्जा विकासमार्फत नेपालको समृद्धि हासिल गर्न सकिने भएकाले निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण निर्माणका लागि सरकारगम्भीर हुनुपर्ने इप्पानको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाएनः अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा...
२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

२१ फागुनको निर्वाचनपछि बस्ने संसद बैठकको लागि नयाँ भवन नै प्रयोग हुने

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर संवादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन्...
पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

आइतबार ग्राण्डी अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत सिटौलाको दिउँसो १२ः४५ बजे निधन भएको जनाएको हो ।
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन्...