नेभिगेशन
समाज

सेयर निष्काशन र लगानीकर्ताको समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान)ले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका प्रमुख तथा प्रतिनीधिहरुसँग भेटघाट तथा पत्राचार गरी ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुनुवाई नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उनले अन्तिम पटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको यथाशिघ्र सेयर निष्काशनका लागि ध्यानाकर्षण गराउने र १५ दिन भित्र सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख गरे । 

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै अख्तियारमा उजुरी दिन समेत बाध्य हुने कार्कीले बताए ।

त्यस्तै उनले कानूनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर  निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेको अवरोधप्रति पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराइने जानकारी दिए ।

प्रत्येक आयोजनाहरुलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरुको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने इप्पानले जनाएको छ ।

ऊर्जा विकासमार्फत नेपालको समृद्धि हासिल गर्न सकिने भएकाले निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण निर्माणका लागि सरकारगम्भीर हुनुपर्ने इप्पानको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् ।
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।