नेभिगेशन
समाज

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ ।

Ncell
Extreme Energy

म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव २२ प्रतिशतले घटेको छ । 

त्यस्तै बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य छ, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ९८, जीवन बिमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ५६ र निर्जीवन बिमा समूह शून्य दशमलव ६५ प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनि हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पाँच दशमलव ८७ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेका छन् ।

त्यस्तै बुधबारको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २० करोड ५४ लाख चार हजार ३६७ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...

भर्खरै