नेभिगेशन
सबै कुरा

यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालन (भिडियाेसहित)

काठमाडौँको बबरमहलमा यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बालेर सडक वारपार गर्न मिल्ने प्रविधि जडान गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरले जिल्ला अदालत काठमाडौँ अगाडिको सडकमा जडान गरेको उक्त प्रविधि  ‘पेलिकन क्रसिङ’ सोमबारदेखि संचालनमा आएको हो । 

Ncell
Extreme Energy

काठमाडौँको विभिन्न स्थानमा अटोमेटिक ट्राफिक लाइट जडान गरिएका छन् । जहाँ सवारी चाप नहुँदापनि यात्रुहरु कुरेर बस्नुपर्ने बाध्यता थियो । तर बबरमहलमा जडान गरिएको उक्त प्रविधिले ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनेमा सरोकारवाला निकायको विश्वास छ । 

उक्त प्रविधिमा कुनै पनि यात्रुले बटन थिचेपछि २ मिनेटपछि रातो बत्ती बल्छ र सवारीहरु रोकिन्छन् भने यात्रुहरु सडक पार गर्न सक्छन् । उक्त रातो बत्ती ३० सेकेण्डसम्म बलिरहने महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । 

उनका अनुसार पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउन सहयोग गर्नेछ । त्यस्तै महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।