नेभिगेशन
सबै कुरा

यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालन (भिडियाेसहित)

काठमाडौँको बबरमहलमा यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बालेर सडक वारपार गर्न मिल्ने प्रविधि जडान गरिएको छ । 

काठमाडौँ महानगरले जिल्ला अदालत काठमाडौँ अगाडिको सडकमा जडान गरेको उक्त प्रविधि  ‘पेलिकन क्रसिङ’ सोमबारदेखि संचालनमा आएको हो । 

City Express

काठमाडौँको विभिन्न स्थानमा अटोमेटिक ट्राफिक लाइट जडान गरिएका छन् । जहाँ सवारी चाप नहुँदापनि यात्रुहरु कुरेर बस्नुपर्ने बाध्यता थियो । तर बबरमहलमा जडान गरिएको उक्त प्रविधिले ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनेमा सरोकारवाला निकायको विश्वास छ । 

उक्त प्रविधिमा कुनै पनि यात्रुले बटन थिचेपछि २ मिनेटपछि रातो बत्ती बल्छ र सवारीहरु रोकिन्छन् भने यात्रुहरु सडक पार गर्न सक्छन् । उक्त रातो बत्ती ३० सेकेण्डसम्म बलिरहने महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । 

उनका अनुसार पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउन सहयोग गर्नेछ । त्यस्तै महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको...
सामाजिक सञ्जाल कानुनी दायरामा  आउनुपर्छ, कर तिरेको हुनुपर्छः प्रधानमन्त्री ओली

सामाजिक सञ्जाल कानुनी दायरामा  आउनुपर्छ, कर तिरेको हुनुपर्छः प्रधानमन्त्री ओली

“सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ”, प्रधानमन्त्री...
‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र...
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

आफू मन्त्री भएलगत्तै पटक–पटक फाइभ–जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय...