नेभिगेशन
समाज

वृद्धसहित दुई पुरुष मृत भेटिए

झापा । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्का आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

Marvel
Extreme Energy

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए । 
 
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नविन राईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...