नेभिगेशन
समाज

‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारीः सेना

काठमाडौँ । मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताए । उनले भने, “ पर्यटक (उनीहरू)को अवस्था सामान्य रहेको र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेको छ ।”

Ncell
Extreme Energy

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएका थिए । 

यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।   

सैनिक प्रवक्ता  बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो । 

मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्याइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...